उत्कृष्ट वर्ष खेलाडी अवार्ड (महिला) क्या.अरुणा शाही
पाेखरा | असार १८, २०७९
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत उत्कृष्ट वर्ष खेलाडी ( महिला ) अवार्ड नेपाल महिला भलिबलका क्याप्टेन अरुणा शाहीले प्राप्त गरेका छन् ।
शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी ( महिला ) मनोनयनमा परेका दुई खेलाडीलाई पछि पार्दै नेपाल महिला भलिबलका क्या. अरुणा शाहीले अवार्ड प्राप्त गरिन् । उनले वर्ष खेलाडी महिलाको अवार्डसँगै इलेक्ट्रिक स्कुटर समेत प्राप्त गरिन् ।
उनीसँगै मनोनयनमा परेका क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमालले ट्रफी प्राप्त गरे ।
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

